उप–मेयर सुनिताका ‘बुडाबुडी’ले बबाल गरे, प्रहरीमा पुग्यो कुरा
काठमाडौं । कपिलवस्तु नगरपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।
कर्मचारीहरूले शुक्रबार दिउँसोदेखि पेन डाउन गरेर विरोध प्रदर्शन गरेका छन् । उप–मेयर सुनिता गुप्ताका श्रीमान धिरज गुप्ता ‘संजयले प्रमुख प्रशाकीय अधिकृत सहितका कर्मचारीहरूलाई गाली गरेर दुर्व्यवहार गरेको भन्दै विरोधमा उत्रेका हुन् ।
नगरपालिकाको प्रमुख प्रशाकीय अधिकृत गणेशप्रसाद अर्यालको कार्यकक्षमा आगामी वर्षको नीति कार्यक्रम तथा बजेटका विषयमा छलफल चलीरहेका बेला उम–मेयर गुप्ताले आफ्ना श्रीमान् संजयलाई समितिमा राख्न आग्रह गरेकी थिइन् ।
वडाध्यक्षहरूले सञ्जयलाई बैठकमा राख्न नमिल्ने बताएका थिए ।
प्रमुख प्रशाकीय अधिकृत अर्यालले मेयर सुदीप पौडेलको भएकाले यसमा आफूले केही भन्न नमिल्ने बताएका थिए ।
संजयले प्रमुख प्रशासकीय अधिकृत अर्याललाई तथानाम गाली गरेका थिए । सञ्जय र मेयर सुदीपबीच पनि विवाद भएको थियो ।
प्रमुख प्रसाकीय अधिकृत अर्यालले कर्मचारीहरूलाई गालीगलौच र दुर्व्यवहार गरेको अभियोगमा सञ्जयविरुद्ध
प्रहरीमा उजुरी परेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया