कानून मन्त्री सवार गाडी दुर्घटना, पत्नीसहित ५ जना घाइते
काठमाडौं । सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ ।
मंगलबार मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको गाडी केदास्यु गाउँपालिका १ मा दुर्घटना भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताएका छन् ।
गाडीमा सवार मन्त्री सिंहसहित उनकी श्रीमती अमृता सिंह, पीएसओ दीपक भण्डारी, चालक धर्मराज जोशी र जयदेवी सिंह घाइते भएका छन् ।
उनीहरूको उद्दार गरेर उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको भण्डारीले बताएका छन् ।
Published : Tuesday, 2023 June 20, 3:19 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया