व्यूरोले काठमाडौंमा गोली हानेर भगतलाई ढाल्यो
काठमाडौं । प्रहरीले चलाएको गोली लागेर काठमाडौंमा विकास भगत घाइते भएका छन् ।
आइतबार लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो । भगतलाई प्रहरीले पछ्याएर एउटा घरमा पुगेको थियो । भगतले प्रहरीलाई नै गोली प्रहार गर्न खोजेपछि कारबाहीमा प्रहरीले गोली चलाएको जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा भगतमाथि गोली चलाएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले बताएका छन् ।
प्रहरीले गोली लागेर घाइते भएका भगतलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ ।
भगतको साथबाट प्रहरीले १०० ग्राम लागुऔषध बरामद गरेको जनाएको छ । ठूलो मात्रामा लागुऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया