सभापति देउवाले दिए छोरा–बुहारीलाई आशीर्वाद, कस्ती छिन् बुहारी ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले शिवाना श्रेष्ठ इन्गेजमेन्ट गरेका छन् ।
काठमाडौंमा बिहीबार बेलुका विशेष समारोहमा जयवीर र शिवानाबीच इन्गेजमेन्ट भएको हो । जयवीर र शिवाना लामो समयदेखि प्रेममा थिए ।
इन्गेजमेन्टमा दुवै पक्षका परिवार र आफन्त उपस्थित थिए ।
इन्गेजमेन्ट समारोहमा सभापति देउवाका साथै पत्नी आरजु राणा, प्रतिभा राणा (आरज राणाकी आमा)लगायतको सहभागिता रहेको थियो ।
दुवै परिवारले जयवीर र शिवानालाई टीकामाला लगाइदिएर आशीर्वाद दिएका छन् ।
जेठको पहिलो साता जयवीर र शिवानाले औंठी साटासाट गरेका थिए । आगामी भदौमा जयवीर र शिवानाबीच विवाहको तयारी भएको बुझिएको छ ।
जयवीरले आफ्नै व्यवसाय चलाइरहेका छन् । शिवानीले अनलाइनमार्फत सौन्दर्य प्रसाधनको व्यवसाय गर्छिन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया