सापकोटालाई किन दियो चीनले नसोँचेको महत्व ? प्रचण्डको भारत भ्रमणप्रति चासो

काठमाडौं । माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले चीनका उच्चस्तरीय नेताहरूसँग भेटवार्ता गरेका छन् ।
बिहीबार बेइजिङमा सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओसँग भेटवार्ता भएको हो ।
सापकोटा र छाओबीच एक्लाएक्लै भेटवार्ता भएको छ । त्यसपछि मात्रै सामूहिक भेटवार्ता भएको छ ।
छाओले प्रधानमन्त्री दाहालद्वारा छिट्टै हुन लागेको भारत भ्रमणका विषयमा पनि गम्भीर चासो लिएको बुझिएको छ । सापकोटासँग चीनले कम्युनिस्टहरू मिलेर जान सुझाव पनि दिएको छ ।
सापकोटालाई चीनले बेइजिङमा भव्य स्वागत गरेको छ । सापकोटा चीन निकट मानिन्छन् । सापकोटालाई यसरी स्वागत गर्नुलाई नेपाली राजनीतिमा रहस्यका साथ हेरिएको छ ।
चिनियाँ विदेश विभाग प्रमुख छाओले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यका विषयमा सापकोटासँग जिज्ञासा राखेको बुझिएको छ ।
सापकोटाले चीनबाट प्रचण्ड सरकारले निकै ठूलो आशा र अपेक्षा लिएको धारणा राखेको बुझिएको छ ।
सापकोटाले माओवादीका २० जना नेताहरूलाई लिएर जेठ ५ गते चीन प्रस्थान गरेका थिए । चीनले सापकोटा नेतृत्वको टोलीलाई ल्हासा र मानसरोवरको भ्रमण गराएको छ ।
सापकोटासहित माओवादीका नेताहरू हितमान शाक्य, गणेश शाह, डिलाराम आचार्यहरू बेइजिङ पुगेका छन् । सापकोटा नेतृत्वको टोली जेठ १८ मा स्वदेश फर्कने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया