देउवा–दाहालबीच भेटवार्ता, ‘हाइलेबल’को एजेण्डामा कुराकानी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच भेटवार्ता भएको हो । उनीहरूका बीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा कुराकानी भएको बुझिएको छ ।
सरकारको नीति तथा कार्यक्रम आउने क्रममा छ । त्यसपछि बजेट ल्याउने तयारी भएको छ ।
प्रतिनिधि सभामा विभिन्न विधेयकहरू पनि छन् । ती विधेयकहरूका विषयमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल भएको बुझिएको छ ।
प्रधानमन्त्री दाहालसँग सभापति देउवाले कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको विषयमा कुराकानी भएको थियो वा थिएन केही भनिएको छैन ।
पूर्वगृहमन्त्री खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । उनीसँग अरु थुप्रै व्यक्तिहरूपक्राउ परेका छन् ।
मुख्य दोषी ठानिएका एमालेका नेता तथा प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझी फरार छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’, तत्कालीन सचिव प्रेम राई, एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका स्वकीय सचिव राजेश शाक्य पनि अनुसन्धानको दायरामा पर्न सक्ने चर्चा भइरहेका छन् ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया