प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत सिफारिस
काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको परिषदको बैठकले सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशका लागि कार्कीको नाम सिफारिस गरेको हो ।
कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषदका पदेन समस्य रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।
प्रधानन्यायाधीश नियुक्तिका लागि सरकारमाथि चर्को दवाव परेको थियो । परिषदले कायममुकाय प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेपनि सुनुवाईका लागि भने संसदीय सुनुवाई विशेष समिति बनेको छैन ।
परिषदमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधि सभाका उप–सभामुख इन्दिरा राना रहेका छन् ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया