अख्तियारले दियो एआईजी ज्ञवालीलाई न्याय, फाइल तामेलीमा राख्ने निर्णय
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीविरुद्ध परेको उजुरी तामेलीमा राखेको छ ।
तत्कालीन समयमा ज्ञवाली प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा हुने क्रममा केही व्यक्तिले अख्तियारमा उजुरी गरेका थिए । ज्ञवालीविरुद्धको सो उजुरीमा कुनै दम थिएन । त्यसको प्रमाण अख्तियारको निर्णयले पुष्टि गरेको छ ।
ज्ञवालीविरुद्ध केही व्यक्तिले नागरिकताको जन्ममिति फरकपारी सरकारी निकायलाई झुक्याई जागिर खाएको भनेर अख्तियारमा उजुरी परेको थियो । अख्तियारको छानविनका क्रममा उजुरीमा दाबी गरिएअनुसार कुनै प्रमाण फेला नपरेपछि सो फाइललाई तामेलीमा राख्ने निर्णय भएको स्रोतले जनाएको छ ।
आयोगको मिति २०८० साल वैशाख १४ गतेको निर्णयानुसार ज्ञवालीविरुद्धको उजुरी तामेलीमा राख्ने निर्णय गरेर सो विषयको जानकारी नेपाल प्रहरीको प्रधान कार्यालय नक्साललाई पत्र पठाइएको छ ।
पत्रमा भनिएको छ, ‘आयोगमा उजुरी दर्ता नं. सी–०३४७४७, मिति २०७९ चैत १४ गतेमा दर्ता भएको नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले नागरिकताको जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याई जागिर खाएको भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा प्रारम्भीक छानविन सम्पन्न भई आयोगको मिति २०८० वैशाख १४ को निर्णयानुसार पछि थप प्रमाण फेला परेमा कानून बमोजिम हुने गरी हाललाई सो उजुरी तामेलीमा राखिएको व्यहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (१३) बमोजिम सूचित गरिन्छ ।’

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया