माओवादीले हत्या गरेका स्व.चौधरीको सम्झनामा मौरीघाटमा स्मृति सभा

मौरीघाट । नेपाली कांग्रेस दाङले शहीद स्व.श्रीनारायण चौधरीको २१औं स्मृति सभा तथा श्रद्धाञ्जलि कार्यक्रम गरेको छ ।

दाङको मौरीघाटमा आइतबार स्व.चौधरीको पून्यतिथिका अवसरमा श्रद्धाञ्जलि कार्यक्रम गरिएको हो ।

माओवादीका नेता कार्यकर्ताले २१ वर्ष अगाडि चौधरीलाई घरमा सुतेका बेला घिसार्दै सडकमा ल्याएर हत्या गरेको थियो । माओवादीले चौधरीको हत्याका विषयमा स्पष्ट जवाफ दिन सकेको छैन ।

केन्द्रीय सदस्य योगेन्द्र चौधरीले स्व.श्रीनारायण चौधरीको योगदानलाई कांग्रेसले सधैँ स्मरण गर्ने बताए । स्व.चौधरीले कांग्रेसलाई बलियो बनाउन आफ्नो तर्फबाट ठूलो भूमिका खेलेको स्मरण गरेका छन् ।

केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरले स्व.श्रीनारायण चौधरीले देखाएको मार्गमा जानुपर्ने बताए । उनले कांग्रेसले स्व.चौधरीलाई कांग्रेसले कहिल्यै पनि नभुल्ने बताएका छन् ।

नेपाली कांग्रेस राप्ती गाउँपालिकाले स्मृति सभा तथा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेको हो ।

स्व.चौधरीको शालिकमा कांग्रेसका नेता कार्यकर्ताले माल्यार्णपण गरेका थिए ।

नेपाली कांग्रेस राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्यद्वय योगेन्द्र चौधरी र कृष्णकिशोर घिमिरे, पूर्वसांसद सुशीला चौधरीलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2022 January 16, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया