भूकम्पबाट बच्न तोकिएको मापदण्डमा भौतिक संरचना बनाऔँ : गृह मन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले भूकम्पबाट सुरक्षित रहने गरेर भौतिक संरचना बनाउन अनुरोध गरेका छन् ।

काठमाडौंको न्युरोडस्थित भूगोलपार्कमा आइतबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित राष्ट्रिय भूकम्प स्मृति सभालाई सम्बोधन गर्दै मानवीय त्रुटिले गर्दा भूकम्पका बेला ठूलो क्षति भएको बताए । उनले भूकम्पबाट सुरक्षित रहन सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्ने बताए ।

गृहमन्त्री खाणले भूगोलपार्कमा रहेको भूकम्प स्तम्भमा माल्यार्णपण गरेका थिए ।

Published : Sunday, 2022 January 16, 11:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया