कांग्रेस सभापति बानियाँ पनि आइसोलेसनमा

काठमाडौं । नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ आइसोलेसनमा बसेका छन् ।

सभापति बानियाँलाई शुक्रबारदेखि रुघा, खोकी, ज्वरो आएपछि आइसोलेसनमा बसेको निजी सचिवालयले जनाएको छ । बानियाँले परीक्षणका लागि आफ्नो स्वाव पठाएका छन् । स्वावको रिपोर्ट आइतबार आउनेछ ।

सभापति बानियाँले तत्कालका लागि भेटघाट, फोनसम्पर्क आदि तत्कालका लागि स्थगित गरेको जनाएका छन् ।

Published : Saturday, 2022 January 15, 7:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया