कांग्रेस नेता डा.महतलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बसेका छन् ।

डा.महतलाई संक्रमण देखिएपछि भेटघाटहरू बन्द गरेका छन् । काठमाडौंको बाँसबारीस्थित आफ्नै निवासमा डा.महत आइसोलेसनमा बसेका छन् ।

उनले पछिल्लो समय आफू निकट भएका मानिसहरूलाई सतर्क रहन र आवश्यक परे परीक्षण गराउन आग्रह समेत गरेका छन् ।

यसैबीच, एमालेका नेता विष्णु पौडेललाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । पौडेल पनि आइसोलेसनमा बसेका छन् ।

Published : Saturday, 2022 January 15, 5:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया