सुकुम्वासी आयोगको जिल्ला अध्यक्षहरूमा क–कसको नाम प्रस्ताव ?

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले विभिन्न जिल्लाहरूमा भूमि आयोगका अध्यक्ष नियुक्तको तयारी गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमार्फत २८ जिल्लामा अध्यक्षहरू नियुक्तको तयारी भएको हो । २८ जिल्लामा अध्यक्ष नियुक्तिका लागि विभिन्न व्यक्तिहरूको नाम प्रस्तावित पनि भएको छ ।

दाङ जिल्लाको अध्यक्ष नेपाली कांग्रेस र माओवादी केन्द्रले दाबी गरेका छन् । दुबै पार्टीले दाबी छाडेका छैनन् ।

ताप्लेजुङमा कुष्णकुमार बस्नेत, इलाममा भरतबहादुर खत्री, ओखलढुंगामा अशोककुमार कार्की, पाँचथरमा दिनेशकुमार लावती, झापामा तिलकसिंह पाण्डे, सुनसरीमा भगिरत खात्वेको नाम अध्यक्षमा प्रस्तावित भएको छ ।

भोजपुरमा दिलकुमार राई, काभ्रेमा हरिबहादुर केसी, धादिङमा कृष्णप्रसाद अर्याल, तनहुँमा रामचन्द्र अधिकारी, कास्कीमा गंगाप्रसाद पोखरेल, बाग्लुङमा धर्मबहादुर कुँवर, लमजुङमा दामोदर अधिकारीको नाम प्रस्ताव भएको छ ।

रुपन्देहीमा हरिबहादुर आचार्य, अर्घाखाँचीमा यादव घिमिरे, गुल्मीमा राम मल्ल ठकुरी, प्यूठानमा इमानसिंह खड्का, सुर्खेतमा श्रीधर पौडेल, दैलेखमा नयराम थापा, डडेल्धुरामा शेरबहादुर भण्डारी, कञ्चनपुरमा देवेन्द्रराज ढुंगाना र उदयपुरमा बलबहादुर तामाङको नाम प्रस्ताव भएको स्रोतले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले आयोगलाई आफ्ना कार्यकर्तालाई भर्ती गर्ने थलो बनाएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीको सबै नियुक्ति खारेज गरेर जनतालाई जमीन दिन केशवप्रसाद निरौलालाई अध्यक्षमा नियुक्त गरेका थिए । निरौलाले जनतालाई जमीन दिने गरेर काम अगाडि बढाएका छन् ।

ओलीले देवी ज्ञवालीलाई राज्यमन्त्री सरहको सेवा सुविधान दिएर ज्वाइँ पालेसरह अध्यक्ष बनाएर राखेका थिए । ज्ञवालीले सुकुम्वासीका नाममा सिन्को पनि भाँच्न सकेका थिएनन् ।

Published : Friday, 2022 January 14, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया