‘कालीबाबा’सँग कांग्रेसका नेता महर्जनले लिए आशीर्वाद, आश्रममा भव्य स्वागत

काठमाडौं । महायोगी गुरुदेव श्री श्री १००८ बाबा कालीदास कृष्णानंदन परमहंस महाराज ‘कालीबाबा’ले नेपालप्रति आफ्नो ठूलो श्रद्धा रहेको बताएका छन् ।

उनले नेपालमा आफ्ना भक्त र श्रद्धालुहरू रहेको भन्दै पशुपतिनाथ बाबाप्रति अगाध श्रद्धा रहेको बताएका छन् ।

कालीबाबाले नेपाललाई हिन्दूराष्ट्र बनाउन सुझाव दिएका छन् । विगतमा पनि कालीबाबाले नेपाललाई हिन्दूराष्ट्र बनाउन सुझावसहितका दवाव दिने गरेका थिए ।

कालीबाबाले नेपाल विश्वमा अलग पहिचान भएको देश रहेको भन्दै नेपालका हिन्दूहरूप्रति ठूलो श्रद्धा रहेको बताएको नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले जानकारी दिएका छन् ।

कांग्रेसका नेता महर्जन कालीबाबाको निम्तो मान्न भारतको हरियाणाको साप्ला पुगेका थिए । त्यस क्रममा कालीबाबाले महर्जनलाई सम्मान गर्नुका साथै विभिन्न धार्मिक कार्यक्रमहरूमा सहभागी गराएर स्वागत सत्कार गरेको नेपाल तरुण दल ललितपुरका नेता तथा किक बक्सिङका पूर्व राष्ट्रिय खेलाडी विनोद महर्जनले बताएका छन् ।

कालीबाबालाई कांग्रेसका युवा नेता मजर्हनले सम्मान र आदरका रुपमा मान्दै आएका छन् । कालीबाबाले महर्जनलाई परिवारकै सदस्यका रुपमा लिने गरेका छन् ।

यसैबीच, कालीबाबाले आफ्नो आश्रम रहेको हरियाणामा भारतीय रुपियाँ १२ हजार करोड लगानीमा अस्पताल खोल्न लागेका छन् । अस्पतालमा किड्नी ट्रान्सप्लान्ट, लिबर ट्रान्सप्लान्ट तथा न्यूरोसम्बन्धी उपचार हुनेछ ।

कालीबाबाको सो अस्पतालको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन् । अस्पतालको उद्घाटन कार्यक्रम मार्च महिनामा हुनेछ । कालीबाबाको भारतमा ३७ वटा आश्रम र २५ वटा गौशाला रहेका छन् ।

आश्रममा दैनिक २ हजारभन्दा धेरै भक्तजन कालीबाबाको दर्शनका लागि आउने गरेका छन् । कालीबाबासँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बेलाबेला भेट गरेर आशीर्वाद लिने गरेका छन् । सन्त साधुलाई मोदीले निकै मान्छन् ।

कालीबाबासँग आशीर्वाद लिन भारतीय नेताहरू, उच्चस्तरीय सरकारी कर्मचारी र सर्वसाधारण आश्रममा आउने गरेको युवा नेता महर्जनले बताएका छन् ।

कालीबाबा केही महिनापछि नेपाल आउने कार्यक्रम रहेको कांग्रेस नेता महर्जनले बताएका छन् ।

कालीबाबालाई कांग्रेसका नेता स्व.खुमबहादुर खड्काले श्रद्धाका साथ सधैँ मान्दै आएका थिए । कालीबाबासँग प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराजा ज्ञानेन्द्र शाहसहितका उच्च नेतृत्वले पनि भेट गरिसकेको छ ।

Published : Friday, 2022 January 14, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया