चिकित्सकहरूद्वारा सिंहलाई डिआईजी बनाएको भन्दै स्वागत

काठमाडौं । गृह मन्त्रालयले एसएसपी पूजा सिंहलाई मधेशको महिलाबाट पहिलो पटक डिआइजीपीमा बढुवा गरेर प्रशंसनीय काम गरेको भन्दै स्वागत गरेका छन् ।

बुधबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणलाई गृह मन्त्रालयमा भेटेर चिकित्सकहरूले मधेशी समुदायको महिलाबाट सिंहलाई डिआइजीमा बढुवा गरेको भन्दै धन्यवाद दिएका हुन् ।

पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानका पूर्व उप–कुलपति डा.भरत यादव, डा.अरुणकुमार सिंह, डा. अनुज सिंह, डा. शिव बस्नेत, सुधिरकुमार सिंह, दीपककुमार साह, निरजदेव जोशी, सञ्जीवकुमार मिश्रसहितको टोलीले गृहमन्त्री खाणलाई भेटेर सिंहलाई डिआइजीमा बढुवा गरेर सरकारले मधेशी महिलाको सम्मान गरेको र क्षमताको कदर गरेको बताएको हो ।

‘सरकारले सिंहलाई डिआइजीपीमा बढुवा गरेर मधेशी महिलाको सम्मान गरेको छ । सिंहको क्षमताको कदर गरेको छ’, गृहमन्त्रीसँगको भेटमा डा. यादवले भनेका छन् ।

यसअघि मंगलबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादवको नेतृत्वमा आएको टोलीले पनि सिंहलाई डिआईजीपीमा बढुवा गरेर गृहमन्त्री खाणले प्रशंसनीय काम गरेको भन्दै धन्यावाद दिएको थियो ।

चिकित्सकहरूको टोलीले भेट्नु अगाडि नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादव नेतृत्वको टोलीले पनि गृहमन्त्री खाणलाई भेटेर सिंहलाई डिआइजीपीमा बढुवा गरी मधेशको सम्मान गरेको बताएका थिए ।

प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरीमा अब्बल मानिन्छिन् ।

उनी प्रजातन्त्र सेनानी केदारप्रसाद सिंहकी आफन्तसमेत हुन् । सिंह एसएसपीमा पनि सिनियर थिइन् ।

Published : Wednesday, 2022 January 12, 5:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया