पूरै मुलुकको ध्यान तानेको काण्डका मान्छेहरू छुटे

काठमाडौं । बालुवाटारको सरकारी जग्गा हिनामिनामा मुछिएका बिचौलिया रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी छुटेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई तत्काल मुद्दा नचलाउने निर्णय गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले फिर्ता गरिदिएपछि सुवेदीका पति र पत्नी छुटेका हुन् । मंगलबार सुवेदी दम्पत्तिलाई सीआईबीले आफन्तको जिम्मा लगाएर छाडेको छ ।

सुवेदीलाई सीआईबीले उनकी श्रीमती माधवी सुवेदीसहित पक्राउ गरेको थियो । तत्काल मुद्दा अघि बढ्ने अवस्था नभएपछि उनीहरू छुटेका हुन् ।

सरकारी वकिल कार्यालयको निर्देशनमा खोजेको समयमा उपस्थित हुने गरी सुवेदीका पति र पत्नीलाई आफन्तको जिम्मा लगाएर छाडिएको सिआइबीका प्रवक्ता एसपी श्यामकुमार महतोले बताएका छन् ।

बालुवाटार जग्गा काण्डमा मुछिएका बिचौलिया शोभाकान्त ढकाल जेलमा छन् ।

Published : Wednesday, 2022 January 12, 9:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया