एसएसपी सिंहलाई मधेशी महिलाभन्दै डीआईजी बढुवामा रोक्न गिरोह सक्रिय
काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस भएकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पूजा सिंहलाई बढुवा गर्न लागेको भन्दै एउटा समूहले विरोध गरेको छ ।
सधैँ प्रहरीभित्र हालिमुहाली गर्दै आएको समूहले सिंहलाई डीआईजी बढुवामा सिफारिस गरेको रुचाएको छैन । सिंह पहिलो महिला हुन् जो मधेशी समुदायबाट नेपाल प्रहरीको ठूलो पदमा जान लागेकी छिन् । समावेशिताको कुरा उठेका बेला सिंहको बढुवा गर्न सिफारिस भएका बेला रोक्न गिरोहले हर्कत देखाएको छ ।
मधेशीमूलकी महिला समेत रहेकी एसएसपी सिंहलाई डीआईजी बन्न नदिन गिरोह मिडियाबाजीदेखि शक्तिकेन्द्रमा धर्ना दिएर रोक्न लागेको उच्च स्रोतले जनाएको छ ।
एसएसपी सिंह प्रहरीभित्र सक्षम महिला हुन् । उनको कामबाट तिलमिलाएको गिरोहले मधेशी महिला भनेर रोक्न खोजेको हो ।
महिला र मधेशी हुँदैमा प्रहरीभित्र उच्च पदमा जान नमिल्ने हो र ? यो प्रश्न उठेको छ । कांग्रेस नेतृत्वको सरकारले काम गर्ने असल व्यक्तिलाई सधैँ प्रोत्साहन दिँदै आएको छ ।
सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ । गृहमन्त्री बालकृष्ण खाण छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया