नवमीमा एमाले रित्तियो, सभापति खड्काका कारण चारतारा फहरियो
इलाम । इलाम जिल्लामा एमाले र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का स्थानीय कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
जितपुरको नवमीमा आयोजित कार्यक्रममा पार्टी सभापति डम्बर खड्काले सदस्यता प्रदान गरेका हुन् । खड्काले नवप्रवेशीहरूलाई इमान्दारिताका साथ काम गर्न आग्रह गरेका छन् ।
पार्टी सभापतिमा निर्वाचित भएपछि खड्काले आफूलाई गाउँ–गाउँमा क्रियाशील बनाएका छन् । उनले आगामी निर्वाचनलाई केन्द्रित बनाएर इलाम जिल्लाभरि प्रशिक्षण, भेटघाटलगायतका कार्यक्रम गर्दै आएका छन् ।
सभापति खड्काले इलाम जिल्लामा सबै स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरूमा कांग्रेसलाई जिताएर चारतारे झण्डा पुनः गाड्ने गरेर काम गरेका छन् ।
इलाम जिल्लामा पछिल्लो समय कम्युनिस्टले कब्जा जमाउने प्रयास गरेका छन् । दुई वटा प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए ।
उनीहरू निर्वाचित भएपछि इलामका लागि विकासका नाममा सिन्कको पनि नभाँचेको आरोप कम्युनिस्टकै कार्यकर्ताको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया