नवमीमा एमाले रित्तियो, सभापति खड्काका कारण चारतारा फहरियो

इलाम । इलाम जिल्लामा एमाले र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का स्थानीय कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

जितपुरको नवमीमा आयोजित कार्यक्रममा पार्टी सभापति डम्बर खड्काले सदस्यता प्रदान गरेका हुन् । खड्काले नवप्रवेशीहरूलाई इमान्दारिताका साथ काम गर्न आग्रह गरेका छन् ।

पार्टी सभापतिमा निर्वाचित भएपछि खड्काले आफूलाई गाउँ–गाउँमा क्रियाशील बनाएका छन् । उनले आगामी निर्वाचनलाई केन्द्रित बनाएर इलाम जिल्लाभरि प्रशिक्षण, भेटघाटलगायतका कार्यक्रम गर्दै आएका छन् ।

सभापति खड्काले इलाम जिल्लामा सबै स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरूमा कांग्रेसलाई जिताएर चारतारे झण्डा पुनः गाड्ने गरेर काम गरेका छन् ।

इलाम जिल्लामा पछिल्लो समय कम्युनिस्टले कब्जा जमाउने प्रयास गरेका छन् । दुई वटा प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए ।

उनीहरू निर्वाचित भएपछि इलामका लागि विकासका नाममा सिन्कको पनि नभाँचेको आरोप कम्युनिस्टकै कार्यकर्ताको छ ।

Published : Monday, 2022 January 10, 9:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया