सिरहा कांग्रेसमा रामचन्द्रले पुनः उथलपुथल ल्याइदिए, कार्यकर्ताहरू खुसी

काठमाडौं । नेपाली कांग्रेस सिरहाको जिल्ला सभापतिमा रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सिरहाको जिरोमाइलस्थित निवासमा रामचन्द्रले आइतबार आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । रामचन्द्र अहिले पनि सिरहा कांग्रेसको जिल्ला सभापति हुन् ।

नेपाली कांग्रेस प्रदेश सभापति कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादवलगायतका नेताले निवासमै भेटेर सभापतिमा उम्मेदवारी दिन आग्रह गरेका थिए । त्यसपछि रामचन्द्रले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । रामचन्द्र पूर्वसांसद पनि हुन् ।

रामचन्द्र सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । रामचन्द्रले आफ्नो पूरा प्यानल विजयी हुने दावी गरेका छन् ।

‘पहिलो पटक ३ सय मतान्तरले विजयी भएको थिए’, उनले भने, ‘यसपटक अझ बढी मतले विजयी हुन्छु ।’

रामचन्द्र पार्टी सभापतिमा पुनः दोहोरिने भएपछि कार्यकर्ताहरूमा उत्साह जागेको छ । रामचन्द्र कार्यकर्ताका बीच लोकप्रिय मानिन्छन् ।

Published : Monday, 2022 January 10, 9:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया