पाँच जना सीडीओको सरुवा, ४ जना गृहमा तानिए

काठमाडौं । गृह मन्त्रालयले ५ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ ।

मन्त्रिस्तरीय निर्णयबाट गृह मन्त्रालयले सीडीओ हेरफेर गर्ने निर्णय गरेको हो ।

सल्यान जिल्लामा विपिन आचार्यको सरुवा भएको छ । काभ्रेमा हुमकला पाण्डे, नवलपरासीमा सुमन घिमिरे, धनुषामा सुरेन्द्र पौडेल र कालिकोटमा रामहरि शर्माको सरुवा भएको छ ।

गृह मन्त्रालयले दुई जना सह–सचिव र दुई उप–सचिवलाई काजमा सरूवा गरेको छ ।

बन्दुप्रसाद बास्तोला र शिवराम पोखरेल तथा उप–सचिवहरू लक्ष्मीदेवी खतिवडा र कृष्णप्रसाद आचार्यलाई गृह मन्त्रालयमा तानिएको छ ।

Published : Sunday, 2022 January 9, 1:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया