किसानका माग पूरा गर्न गृह मन्त्रीसँग कांग्रेस नेता डा.अन्सारीको माग
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा.अबूल हुसैन अन्सारीले किसानसँग मागलाई सम्बोधन गर्न सरकारसँग अनुरोध गरेका छन् ।
नेता डा.अन्सारीले गृहमन्त्री बालकृष्ण खाणमार्फत किसानका मागलाई नेपाली कांग्रेस नेतृत्वको सरकारले पूरा गर्नुपर्ने माग गरेका हुन् ।
‘तराईसँग नेपाली कांग्रेसको आत्मियता जोडिएको छ । किसानका पार्टी नेपाली कांग्रेस हो’, डा.अन्सारीले भने, ‘गृहमन्त्री बालकृष्ण खाणज्यूसँग किसानका माग पूरा गर्नुपर्छ भनेर आग्रह गरेको छु । गृहमन्त्रीज्यूले सरकार गम्भीर रहेको जानकारी गराउनुभएको छ ।’
डा.अन्सारीले कांग्रेस नेतृत्वको सरकारले किसानको मागमा सम्वेदनशीलता देखाएको भन्दै उखुको समर्थन मूल्य गतवर्षभन्दा बढाएको बताए ।
उनले किसानलाई आवश्यक पर्ने रासायनिक मल र बीउका विषयमा पनि सरकारले आवश्यक पलहकदमी लिएरहेको बताए ।
तराईमा किसान आन्दोलन भइरहेको विषयमा सरकार गम्भीर हुन डा.अन्सारीले गृहमन्त्री खाणसँग आग्रह गरेका छन् । उनले गृहमन्त्री खाणसँग किसान आन्दोलनमा दमन नगर्न पनि अनुरोध गरेका छन् ।
युवा नेता डा.अन्सारीले गृहमन्त्री खाणसँगको भेट गर्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाको पनि उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया