किसानका माग पूरा गर्न गृह मन्त्रीसँग कांग्रेस नेता डा.अन्सारीको माग

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा.अबूल हुसैन अन्सारीले किसानसँग मागलाई सम्बोधन गर्न सरकारसँग अनुरोध गरेका छन् ।

नेता डा.अन्सारीले गृहमन्त्री बालकृष्ण खाणमार्फत किसानका मागलाई नेपाली कांग्रेस नेतृत्वको सरकारले पूरा गर्नुपर्ने माग गरेका हुन् ।

‘तराईसँग नेपाली कांग्रेसको आत्मियता जोडिएको छ । किसानका पार्टी नेपाली कांग्रेस हो’, डा.अन्सारीले भने, ‘गृहमन्त्री बालकृष्ण खाणज्यूसँग किसानका माग पूरा गर्नुपर्छ भनेर आग्रह गरेको छु । गृहमन्त्रीज्यूले सरकार गम्भीर रहेको जानकारी गराउनुभएको छ ।’

डा.अन्सारीले कांग्रेस नेतृत्वको सरकारले किसानको मागमा सम्वेदनशीलता देखाएको भन्दै उखुको समर्थन मूल्य गतवर्षभन्दा बढाएको बताए ।

उनले किसानलाई आवश्यक पर्ने रासायनिक मल र बीउका विषयमा पनि सरकारले आवश्यक पलहकदमी लिएरहेको बताए ।

तराईमा किसान आन्दोलन भइरहेको विषयमा सरकार गम्भीर हुन डा.अन्सारीले गृहमन्त्री खाणसँग आग्रह गरेका छन् । उनले गृहमन्त्री खाणसँग किसान आन्दोलनमा दमन नगर्न पनि अनुरोध गरेका छन् ।

युवा नेता डा.अन्सारीले गृहमन्त्री खाणसँगको भेट गर्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाको पनि उपस्थिति रहेको थियो ।

Published : Sunday, 2022 January 9, 12:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया