ओलीले देउवालाई खुसी बनाएर पठाए, कांग्रेसको फ्यान बन्यो बालकोट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अहँकारी’ एमाले र अध्यक्ष खड्गप्रसाद ओलीलाई सहमतिमा आउन आग्रह गरेका छन् ।

एमालेले प्रतिनिधि सभालाई निरन्तर अबरोध गरेर मुलुकलाई तहस–नहस बनाउने प्रयास गरेपछि देउवाले ओलीलाई शनिबार बालकोटमा भेटेर सहमति र सहकार्यको राजनीतिमा आउन अनुरोध गरेका हुन् । देउवाले प्रतिनिधि सभाको बैठक अबरोध नगर्न आग्रह गरेका छन् ।

ओलीले आफ्ना मागका विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बेवास्ता गरेपछि बाध्य भएर संसद अबरुद्ध गर्नुपरेको जवाफ दिएका छन् ।

ओलीले प्रधानमन्त्री देउवालाई सहयोग र साथ दिन तयार रहेको आश्वासन दिएको देउवाको सचिवालयले जनाएको छ ।

मुलुकका लागि लचकताका साथ काम गर्दै आएका देउवाले देश र जनताका लागि अहँकारी एमालेलाई मिलेर जान प्रस्ताव गरेका हुन् । देउवाले ओलीलाई अहँकार र दम्भ पालेर धेरै नबस्न सुझाव दिएका छन् ।

आफूलाई भेट्न निवासमै देउवा आएपछि ओलीले पनि बाहिर गेटसम्म आएर स्वागत गरेका छन् ।

नम्र र लचकताका साथ देउवाले काम गर्दै आएका छन् । देउवाले कसैलाई पनि पेलेर जाने पक्षमा छैनन् ।

यसैवीच, प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीसँग एमसीपी पास गर्न गर्न सहयोग गर्न पनि आग्रह गरेका छन् ।

ओलीले एमसीसीका विषयमा आफू नकारात्मक नरहेको भन्दै संसदमा अगाडि बढाएमा सहयोग गर्ने आश्वासन दिएको बुझिएको छ ।

एमालेका अध्यक्ष ओली एमसीसीसँग नकारात्मक छैनन् । तत्कालीन समयमा ओलीले नै एमसीसी पारित गराउन प्रयास गरेका थिए । पार्टीभित्रै असहयोग भएपछि एमसीसी पारित गराउन ओली असफल भएका थिए ।

Published : Saturday, 2022 January 8, 12:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया