विवाह नगरी बसेका युवक र युवतीको नग्न अवस्थामा शव भेटियो

काठमाडौं । काठमाडौंमा विवाह नगरी पति र पत्नी अर्थात लिभिङ टुगेदरको रुपमा बस्दै आएका युवक र युवतीको नग्न अवस्थामा मृत भएको छ ।

काठमाडौं महानगरपालिका–६ कपनमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका खोटाङ शाक्ला गाउँपालिका–५ घर भएकी २२ वर्षीया युशिना राई बिहीबार राति मृत फेला परेको प्रहरीले जनाएको छ । उनी नग्न अवस्थामा रहेको प्रहरी भनाइ छ ।

मृत राईसँग घाइते अवस्थामा फेला परेका सँगै बस्ने संखुवासभा घर भएका २५ वर्षीय अनीष जिमीको उपचारका क्रममा मृत्यु भएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले युनिशाको शव फेला पारेको थियो ।

घाइते अनीषलाई उपचारको लागि हेल्पिङ ह्याण्ड अस्पताल चाबहिल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखा मीनभवन र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

उनीहरूको अनलाइन गेम पब्जीबाट सम्पर्क भएको थियो । एक महिनादेखि उनीहरू लिभिङ टुगेदरमा बस्दै आएका थिए ।

यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने मोरङ रंगेली नगरपालिका–९ घर भएका २५ वर्षीय दीपक रिसिदेब सोही नगरपालिका–४ चन्द्रागिरी महिला सामुदायिक वनस्थित थानकोट चितलाङको भीरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुर थाहा नगरपालिका–९ चित्लाङबाट पुस १६ गते हराई बेपत्ता भएका उनको महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त भीरमा उनको शव फेला परेको हो ।

उता, पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२३ ईटियाहीस्थित नहरमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

Published : Friday, 2022 January 7, 11:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया