वैदेशिक रोजगार संघमा ऐतिहाँसिक निर्णय, नयाँ कार्यसमिति सहमतिमा बन्ने

काठमाडौं । नेपाल वैदेशिक रोजगार संघले अबको नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको संघको बैठकले अध्यक्ष नेपाली कांग्रेसको लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमलाई दिने गरेर निर्णय भएको संघका सल्लाहकार एवम् वरिष्ठ व्यवसायी विमल ढकालले जानकारी दिए ।

‘नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्ने निर्णय भएको छ’, ढकालले भने, ‘संघको अध्यक्ष कांग्रेस निकटका व्यवसायीहरूले पाउनेछन् । अरु पदमा सहमति गरेर चयन गरिनेछ ।’

संघको हालको कार्यसमितिमा अध्यक्षसहित सबै पदमा कांग्रेस निकटका व्यवसायीहरूले जितेका छन् । अध्यक्षमा निर्वाचित विष्णुप्रसाद गैरेको निधन भइसकेको छ ।

Published : Friday, 2022 January 7, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया