वैदेशिक रोजगार संघमा ऐतिहाँसिक निर्णय, नयाँ कार्यसमिति सहमतिमा बन्ने
काठमाडौं । नेपाल वैदेशिक रोजगार संघले अबको नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको संघको बैठकले अध्यक्ष नेपाली कांग्रेसको लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमलाई दिने गरेर निर्णय भएको संघका सल्लाहकार एवम् वरिष्ठ व्यवसायी विमल ढकालले जानकारी दिए ।
‘नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्ने निर्णय भएको छ’, ढकालले भने, ‘संघको अध्यक्ष कांग्रेस निकटका व्यवसायीहरूले पाउनेछन् । अरु पदमा सहमति गरेर चयन गरिनेछ ।’
संघको हालको कार्यसमितिमा अध्यक्षसहित सबै पदमा कांग्रेस निकटका व्यवसायीहरूले जितेका छन् । अध्यक्षमा निर्वाचित विष्णुप्रसाद गैरेको निधन भइसकेको छ ।
Published : Friday, 2022 January 7, 10:25 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया