एसएसपी सिंहलाई डिआईजी बढुवामा सिफारिस

काठमाडौं । नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पूजा सिंहलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिको शुक्रबार बसेको बैठकले एसएसपी सिंहलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलका अनुसार सिंहलाई डीआईजी बढुवामा सिफारिस गरेको जनाएका छन् ।

सिंहको दरबन्दी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा रहेको छ ।

Published : Friday, 2022 January 7, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया