ओमिक्रोन रोकथामको तयारीमा सहयोग गर्न देशभरिका तरुणहरूलाई उपाध्यक्षको अपील

काठमाडौं । नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले कोरोनाभाइरसको संक्रमणको उच्च जोखिम बढेको भन्दै सतर्कता अपनाउन मातहतलाई निर्देशन दिएका छन् ।

तरुण उपाध्यक्ष चापागाइँले सबै जिल्ला र मातहतलाई कोरोनाभाइरसको संक्रमणबाट बच्न तथा सर्वसाधारणको जीवन रक्षाका लागि अपनाउनुपर्ने पूर्व तयारी गर्न आग्रह गरेका छन् । उनले ओमिक्रोन नामक कोरोनाले ठूलो क्षति पु¥याउन सक्नेभन्दै स्वास्थ्यमापदण्ड अपनाउनुपर्ने जनाएका छन् ।

उपाध्यक्ष चापागाइँले भनेका छन्, ‘स्वास्थ्य मापदण्ड अपनाएर आफू सुरक्षित भएर जनचेतना फैलाउने, विदेशबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, होल्डिङ सेन्टर बनाउन सहयोग गर्ने, संक्रमितको उपचारमा स्वास्थ्यकर्मीलाई सहयोग गर्नु होला ।’

कोरोना महामारीबाट सर्वसाधारण बचाउने दायित्व देशभरिका तरुणहरूको रहेको भन्दै उपाध्यक्ष चापागाइँले सर्तकर्ता अपनाउन आग्रह गरेका हुन् ।

उनले सरकारले ओमिक्रोन रोकथाम र उपचारमा तयारी गरेको भन्दै स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ओमिक्रोन नामक नयाँ भेरियन्ट २४ जनामा पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरेको सबै २४ जनामा ओमिक्रोन पुष्टि भएको हो ।

Published : Friday, 2022 January 7, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया