देउवाले ‘शिखर वार्ता’ गरेपछि ओलीको मनमा चिसो पस्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको निर्वाचन र अन्य राजनीतिक विषयमा सत्ता गठबन्धनका तीन शीर्ष नेताहरूसँग कुराकानी गरेका छन् ।

शुक्रबार बिहान देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग परामर्श गरेका हुन् ।

स्रोतका अनुसार देउवाले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरू सबैलाई जिताउने गरेर रणनीति प्रचार प्रसार गर्न प्रस्ताव गरेका छन् । देउवाको प्रस्तावमा सबैले समर्थन जनाएका छन् ।

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका दलहरूले मिलेर उम्मेदवार उठाएका छन् ।

एमालेलाई एक्ल्याएर सत्ता गठबन्धनका दलहरू निर्वाचनमा पुगेका छन् । ओली र एमालेको अहँकारलाई राष्ट्रिय सभाको निर्वाचनमा समाप्त पार्ने गरेर अगाडि बढेका शीर्ष नेताहरूले मिलेर जाने सहमति गरेका छन् ।

देउवाले राजदूतहरू नियुक्ति र अन्य राजनीतिक नियुक्तिहरूका विषयमा पनि दाहाल, नेपाल र यादवसँग परामर्श गरेको बुझिएको छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले सत्ता गठबन्धन भत्काउन विभिन्न हर्कत र गतिविधिहरू गरिरहेका बेला देउवाले तीन शीर्ष नेताहरूसँग परामर्श गरेर एकताको सन्देश दिएका छन् ।

Published : Friday, 2022 January 7, 10:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया