तरुण अध्यक्ष विष्टद्वारा एक लाख सहयोग

वीरेन्द्रनगर । नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले कल्याण कोष स्थापनाका लागि दुई वटा संस्थालाई एक लाखभन्दा धेरै रकम प्रदान गरेका छन् ।

नेपाली कांग्रेस सुर्खेतका सह–सचिव समेत रहेका विष्टले बिहीबार कोष स्थापनाका लागि रकम हस्तान्तरण गरेका हुन् ।

आफ्नो जन्मदिनको अवसरमा उनले सुर्खेत उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई सहयोग स्वरुप रकम दिएका हुन् ।

विष्टले ५१ हजार १ सय ११ का दरले एक लाख दुई हजार दुई सय २२ रुपियाँ कोष सञ्चालनका लागि दिएका हुन् ।

व्यापारी तथा उद्योगीहरूका लागि आपतकालीन राहात कोष स्थापना गर्न ५१ हजार १ सय ११ रुपियाँ दिइएको छ ।

विष्टले पत्रकार महासंघ सुर्खेत शाखालाई हरि विष्ट युवा पत्रकार पुरस्कारको अक्षयकोष स्थापनाका लागि ५१ हजार १ सय ११ रुपियाँ प्रदान गरेका छन् ।

तरुण अध्यक्ष विष्ट सामाजिक काममा सहयोग गर्न सक्रिय छन् ।

Published : Thursday, 2022 January 6, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया