२३ उप–सचिवहरूको अन्तिम नतिजा सार्वजनिक, को–को उत्तीर्ण भए ?

काठमाडौं । लोक सेवा आयोगले उप–सचिवहरूको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका विभिन्न उम्मेदवारहरूको अन्तर्वार्ता, इन बास्केट एक्सरसाइज र लिखित परीक्षासमेतको प्राप्ताङ्कका आधारमा स्थायी नियुक्तिका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरेको हो ।

उप–सचिवमा उत्तीर्ण गर्नेहरूमा कृष्णशोभा सुवाल, ललित सापकोटा, सुजनी राना, गणेशमानसिं राई, गौतम भण्डारी, कमल भट्टराई, सुरेश पन्थी, अनिल किराती, विवेक घिमिरे, घनश्याम सुवेदी रहेका छन् ।

कलाकुमारी गैह्रे, गीता घिमिरे, शेरबहादुर पुन, कोपिला राई, रत्नेश शशि, शेरबहादुर बागचन्द बिसी, ध्रुब कार्की, मानबहादुर मगर, अमित पौडेल, मुक्तिप्रसाद श्रेष्ठ, लेखबहादुर थापा, सुशील आचार्य, नुमराज खनाल शर्मा नियुक्तिका लागि सिफारिस भएका छन् ।

Published : Thursday, 2022 January 6, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया