यी ९ जिल्लाका सीडीओहरूको सरुवा

काठमाडौं । गृह मन्त्रालयले ९ वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीयो)हरू सरुवा गरेको छ ।

गृह मन्त्रालयले माधवप्रसाद ढुंगानालाई इलाम, बाबुराम अर्याललाई बझाङ, परमानन्द घिमिरेलाई रुकुम पश्चिममा सरुवा गरेको छ ।

उपेन्द्रराज पौडेललाई बाजुरा, दीर्घराज उपाध्यायलाई दार्चुला, दिलकुमार तामाङलाई ओखलढुंगा, छविलाल रिजाललाई झापा सरुवा भएको छ ।

खगेन्द्रप्रसाद रिजाललाई सुर्खेत र रमेश ढकाललाई बाग्लुङको प्रमुख जिल्ला अधिकारीमा सुरुवा गरिएको छ ।

गृह मन्त्रालयमा कार्यरत तीन उप–सचिव र एक सह–सचिवसहित ९ जनालाई विभिन्न जिल्लाको सिडियो बनाएको छ ।

पाँच जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको स्रोतले जनाएको छ ।

Published : Thursday, 2022 January 6, 6:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया