वतास समूहबारे आरजु राणाको यस्तो आयो स्पष्टीकरण
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले वतास कम्पनी र समूहसँग आफ्नो कुनै संलग्नता नरहेको बताएकी छिन् ।
बिहीबार कांग्रेस नेतृ राणाले प्रेस नोट जारी गरेर समाचारहरूमा आए जस्तो वतास समूहमा आफ्नो कुनै संलग्नता नरहेको बताएकी छिन् । उनले आफूलाई बदनाम गर्न विभिन्न समूह र घरानासँग नाम जोडेको भन्दै आपत्ति जनाएकी छिन् ।
‘संचार माध्यमहरूमा विभिन्न संघ संस्थाहरूमा मेरो संग्लनता भएको भनेर समाचारहरू आएकोमा मेरो ध्यानाकर्षण भएको छ’, राणाले भनेकी छिन्, ‘उल्लेखित संस्थाहरू बाहेक अरु कुनै पनि संस्थाहरूमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।’
कांग्रेस केन्द्रीय सदस्य राणाले ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)को आफू संस्थापक अध्यक्ष तथा हाल सल्लाहकार रहेको बताएकी छिन् ।
उनले साथी, नेपाल नामक संस्थाको संस्थापक पूर्वअध्यक्ष र हाल सल्लाहकार रहेको बताएकी छिन् ।
सुरक्षित मातृत्व संजाल महासंघ (संस्थापक एवम् वर्तमान अध्यक्ष, नामी नामक संस्थाको अध्यक्ष, उल्लेन्स स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र ब्लड डोनर्स एसोसिएसन नेपालको संरक्षक रहेको राणाले बताएकी छिन् ।
नेतृ राणाले यी संस्था बाहेक अरुमा आफ्नो कुनै पनि संस्थामा सल्लाहाकार अथवा अन्य कुनै पदमा संलग्नता नरहेको बताएकी छिन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया