सरकारले ‘माफिया’हरूको सातो लियो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज(केएमसी) को अनुगमन गरेका छन् ।

बिहीबार मन्त्री पौडेल दुवाकोटस्थित केएमसी कलेजको अनुगमन गरेका हुन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित मन्त्री पौडेल केएमसी पुगेका थिए ।

शिक्षामन्त्री पौडेलले केएमसीको शुल्क विवादबारे जानकारी लिएका छन् । उनले कलेजका प्रधानाध्यापक रतिन्द्रनाथ श्रेष्ठलाई अतिरिक्त शुल्कका बारेमा सोधपुछ गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कलेजले होस्टलको नाममा बढी शुल्क लिइरहेको गुनासो आएको बताइन् ।

काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि प्रदर्शन गरिरहेका छन् ।

मेडिकल माफियाहरूले विद्यार्थीलाई धेरै शुल्क लिएर आतंक मच्चाइरहेका बेला शिक्षामन्त्री पौडेलले केएमसीमा पुगेर अनुगमन गरेका छन् ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले मेडिकल माफियाहरूको ज्यादतीविरुद्ध आफूलाई केन्द्रित बनाएपछि धेरैका पसिना छुटेको छ ।

Published : Thursday, 2022 January 6, 2:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया