राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन अपील
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन अपील गरेको छ ।
बिहीबार बालुवाटारमा बसेको संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारहरूलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुन लागेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र जनमोर्चा नेपालले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर उम्मेदवारी दिएका छन् ।
सात वटै प्रदेशमा सत्ता गठबन्धनले समन्वय समिति गठन गरेको छ ।
Published : Thursday, 2022 January 6, 1:58 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया