राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन अपील

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन अपील गरेको छ ।

बिहीबार बालुवाटारमा बसेको संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारहरूलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुन लागेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र जनमोर्चा नेपालले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर उम्मेदवारी दिएका छन् ।

सात वटै प्रदेशमा सत्ता गठबन्धनले समन्वय समिति गठन गरेको छ ।

Published : Thursday, 2022 January 6, 1:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया