गृहमन्त्री खाण र नेता सिंहद्वारा स्व.शेर्पाप्रति श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण र नेता प्रकाशमान सिंहले नुर्बु वाङ्डा शेर्पाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
बुधबार काठमाडौंस्थित स्व.शेर्पाको निवासमा पुगेर खाण र सिंहले श्रद्धाञ्जलि दिएका हुन् । उनीहरूले शोकमा रहेको शेर्पा परिवारप्रति समवेदना समेत प्रकट गरेका छन् ।
स्व.शेर्पा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाका पिता हुन् । सोलुखुम्बु कांग्रेसका नेता समेत रहेका स्व.शेर्पा कलेजोको रोगबाट पीडित थिए । शेर्पाको काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो ।
सोलुदुधकुण्ड नगरपालिका–३ का स्थायी बासिन्दा शेर्पाको पार्थिव शरीरलाई पुस पुस १५ गते मा टेकुमा बौद्ध परम्परानुसार अन्त्यष्टि गरिएको थियो ।
Published : Wednesday, 2022 January 5, 9:55 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया