मन्त्री आलेका ‘भुतपूर्व हर्कत’ दोहोरिन थाले, प्राइभेट गाडीबाट बालकोट छिरे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग निकटता बढाएको रहस्य बाहिर आएको छ ।

मन्त्रालयका एमाले निकटका कर्मचारी र सचिव महेश्वर न्यौपानेमार्फत आले नजिकिएको स्रोतले जनाएको छ । न्यौपानेलाई ओलीले नै गृहसचिव बनाएका थिए ।

गृहमन्त्रालयका सबै कुरा बालकोटमा न्यौपानेले रिपोर्टिङ गर्ने गरेको आशंकापछि पर्यटन मन्त्रालयमा फालिएको थियो । न्यौपाने ओलीका सबैभन्दा विश्वासपात्र सचिव हुन् ।

मन्त्री आले र एमालेका कर्मचारीहरूका बीच दिनभरि मन्त्रालयमा ‘चियागफ’ हुने गरेको छ । नेकपा (एकीकृत समाजवादी) निकटका कर्मचारीलाई मन्त्री आलेले आफ्नो कार्यकक्षमा छिर्नै दिँदैनन् ।

पर्यटन मन्त्रालयमा ओलीको नजर छ । यती समूहका कारण ओलीले यो मन्त्रालय छाड्न चाहँदैनन् । विगतमा जे भए पनि यतीलाई नोक्सानी नहोस् भनेर मन्त्री ओली र सचिव न्यौपानेमार्फत ओलीले पकड बनाएको चर्चा कर्मचारीहरूका बीच छ ।

ओलीले वन मन्त्री बनाएपछि विवादास्पद अभिव्यक्तिका कारण चर्चित बनेका आलेको काठ तस्करीसँग नाम जोडिएको थियो । आलेले अहिले ओलीसँग सम्बन्ध सुधार गरेका छन् ।

बेलाबेला एमाले निकटका कर्मचारी र सचिव न्यौपानेमार्फत प्राइभेट नम्बरको गाडी चढेर आलेले बालकोट पुगेर ओलीलाई भेट्ने गरेको स्रोतको दाबी छ ।

ओलीले वन मन्त्रीबाट फाल्ने चाल पाएपछि ओलीविरुद्ध हर्कत गरेका आलेले फेरि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई समेत धोका दिने तयारी गरेको चर्चा एमाले निकटका कर्मचारीहरूले गरेका छन् ।

मन्त्री बन्नका लागि हदैसम्मको हर्कत गर्न भ्याएका आलेलाई अबको संसदीय निर्वाचन अध्यक्ष नेपालको पछि लागेर नजितिने भएपछि सांसद बन्न एमालेकै साथ खोज्न थालेको चर्चा छ ।

मन्त्री आलेका पछिल्ला गतिविधिले उनलाई राजनीतिमा विश्वास गर्न योग्य छैनन् भनेर देखाएको चर्चा हुन थालेको छ ।

Published : Monday, 2022 January 3, 12:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया