दाङको राप्ती कांग्रेसद्वारा ३ वटा टोल समिति गठन, शुरु भयो निर्वाचन तयारी

सिसहनियाँ । आगामी निर्वाचनहरूलाई ध्यानमा राखेर दाङको राप्ती गाउँपालिकामा वडा कार्यसमितिहरू गठन भएका छन् ।

नेपाली कांग्रेसको राप्ती गाउँपालिकाले वडा नं. ७ अन्तर्गतका छोटकी सिसहनियाँ, अर्नाहनपुर र भानपुर गाउँमा टोल कार्यसमिति गठन गरिएको छ ।

वडा उप–सभापति छेदिया चौधरी, दानबहादुर चौधरीको सभापतित्वमा तथा गाउँपालिकाका सभापति विद्याशरण चौधरीको प्रमुख आतिथ्यतामा गाउँ कार्यसमिति गठन भएका हुन् ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि विलोचन चौधरी, अशोदा चौधरी, सचिव तीर्थराज ज्ञवाली, क्षेत्रीय प्रतिनिधि भीमलाल चौधरी, नित्यानन्द शर्मा, शान्ति चौधरी, नेत्रलाल चौधरी, रामचरण चौधरी, वीरबहादुर चौधरी लगायतको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस छोट्की सिसहनियाँ टोल कार्यसमितिका गुरुदास चौधरी, नन्दराम चौधरी, सीताराम चौधरी, घडीराम चौधरी, तुल्सीराम चौधरीचयन भएका छन् ।

सभापतिमा चुडामणि चौधरी, उप–सभापति वीरबहादुर चौधरी, सचिव भरतमणि चौधरी, सह–सचिव तीर्थराज चौधरी, कोषाध्यक्षमा हुमसरी चौधरी चयन भएका छन् ।

सदस्यहरूमा लोकबहादुर बस्नेत, चित्रबहादुर केसी, चन्द्रा चौधरी, लोकराज चौधरी, राजकुमार चौधरी, रामचरण चौधरी, देउकुमारी चौधरी, रेश्मी चौधरी, ठागुराम चौधरी, बुद्धिमान चौधरी, सूर्य चौधरी, सनम चौधरी चयन भएका छन् ।

नेपाली कांग्रेस भानपुर टोल कार्यसमितिको सभापति गौचरण चौधरी चयन भएका छन् ।

उप–सभापति सविता चौधरी, सचिव हिरामणि चौधरी, सह–सचिव माया चौधरी, कोषाध्यक्षमा मीनुकुमारी चौधरी चयन भएका छन् ।

सदस्यमा जीवलाल चौधरी, लालबहादुर नेपाली, रितु अधिकारी, गीता जिसी, गिरीराज गिरी, फूलमनिया चौधरी, हिराकुमारी चौधरी, अरुणी चौधरी चयन भएका छन् ।

नेपाली कांग्रेस अर्नाहनपुर टोल कार्यसमितिमा सल्लाहकार प्रकाश विष्ट, सभापति संजयकुमार चौधरी, उप–सभापतिमा कुसुम चौधरी र शिवशंकर चौधरी चयन भएका छन् ।

सचिवमा गरिवु चौधरी र उत्तरसिंह खड्का, सह–सचिवमा शंकर चौधरी र शत्रुधन चौधरी, कोषाध्यक्षमा सावित्री चौधरीचयन भएका छन् ।

सदस्यमा जानकी चौधरी, छुकनिया चौधरी, सरिता चौधरी, रुपलाल चौधरी, जगवीर चौधरी, बुद्धिमान चौधरी, शिलादेवी चौधरी, चन्द्रादेवी चौधरी, टंक खड्का, पदम रेग्मी, रुशमिरा चौधरी चयन भएका छन् ।

कांग्रेसको टोल कार्यसमितिको काम, कर्तव्य र अधिकार अन्तर्गत आफ्नो क्षेत्रभित्र सदस्यता विवरण गर्ने, मतदाताहरूको विवरण राख्ने, अद्यावधिक गर्ने, मतदाता नामावलीमा नाम थपघट गर्ने, सबै तहका निर्वाचनको समयमा पार्टीको प्रचार प्रसार जिम्मेवारी तोकिएको छ ।

निर्वाचन तथा मतदानसंग सम्बन्धित आवश्यक व्यवस्थापन गर्ने र निर्वाचनको समग्र मूल्याङ्कन र समीक्षा गर्ने तथा माथिल्लो निकायमा प्रतिवेदन पठाउने अधिकार दिइएको छ ।

टोल कार्यसमितिले आफ्नो क्षेत्रभित्रका मतदातासंग निरन्तर सम्पर्क र सम्वाद गर्ने तथा आवश्यकतानुसार सहयोग पुर्‍याउने, समय–समयमा नागरिक हितसंग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्ने, पार्टी हितमा अन्य कार्य गर्ने र गराउने जिम्मेवारी रहनेछ ।

Published : Sunday, 2022 January 2, 5:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया