सौर्य एयरलाईन्सकी महिला कर्मचारीको चकित पर्ने हर्कत, हाकिमको दशा लाग्यो

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ५० लाख रुपियाँसहित सौर्य एयरलाईन्सकी महिला कर्मचारी काठमाडौंमा पक्राउ परेकी छिन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद ५० लाख रुपियाँसहित ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनी विराटनगरबाट काठमाडौं आउने क्रममा पक्राउ परेकी हुन् । पक्राउ परेकी पोखरेल सौर्य एयरलाईन्स काठमाडौंमा एसिसटेन्टको रुपमा कार्यरत छिन् ।

पोखरेलको स्थायी घर मोरङको विराटनगर महानगरपालिका–४ मा पर्छ । उनी काठमाडौंको सिनामंगलमा बस्दै आएकी थिइन् ।

सौर्य एयरलाईन्सको जहाजबाट काठमाडौं आउने क्रममा विराटनगरका स्टेसन ईञ्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँच नगरेर ती महिलाको झोला पठाएको प्रहरीले जनाएको छ । यो घटनाले विराटनगरका ईञ्चार्ज पनि अनुसन्धानको दायरामा परेका छन् ।

गोप्य सूचनाका आधारमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको पैसा फेला परेको थियो ।

पोखरेलसँग १ हजार दरको ४ हजार ९ सय ५० थान र ५ सय दरको १ सय थान गरी जम्मा ५० लाख रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद नगदसहित पोखरेललाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

Published : Sunday, 2022 January 2, 5:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया