देउवाले बोलाए बैठक, गगन–विश्वप्रकाशको भूमिका के ?

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन तयारीका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

बैठक पुस १९ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई उपस्थितिका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेलले आग्रह गरेका छन् ।

बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले राष्ट्रिय सभाको निर्वाचनका विषयमा आ–आफ्नो धारणा राख्न सक्ने बुझिएको छ ।

महामन्त्रीको तर्फबाट बैठकमा योजना राख्न सक्ने महामन्त्री थापा निकट एक नेताले बताएका छन् ।

बैठकमा सभापति देउवाद्वारा मनोनयन गरिएका १३ जना केन्द्रीय सदस्यहरूलाई पनि निम्तो पठाइएको छ ।

Published : Sunday, 2022 January 2, 5:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया