यी हरुवाहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्न शेखरको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दश जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेसँगै पदाधिकारीमा पराजित भएका चार जना हरुवाहरूलाई पनि मनोनीत गर्न माग उठेको छ ।

सभापतिमा पराजित भएका शेखर कोइरालाले आइतबार बिहान एउटा रेडियोसँगको अन्तर्वार्तामा पदाधिकारीमा पराजित चार जनालाई मनोनीत गर्न माग गरे । उनले चन्द्र भण्डारी, मीनेन्द्र रिजाल, महेश आचार्यलाई पनि मनोनीत गर्नुपर्ने माग गरेका हुन् ।

शेखरको टिमबाट चन्द्र भण्डारी उप–सभापति र मीनेन्द्र रिजाल महामन्त्रीमा उम्मेदवार बनेका थिए । महेश आचार्यले अलग रुपमा उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । यी हरुवाहरूलाई चार वर्ष कुर्न पनि ढिला भएको छ । छिटोभन्दा छिटो केन्द्रीय सदस्यमा मनोनयन चाहिएको छ ।

आफू निकटका पराजित नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत नगरेर सभापति देउवाले गुट चलाएको भनेर नेता कोइरालाले आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा कोइरालाका समर्थकले पदाधिकारमा हारेका हरुवाहरू चन्द्र चण्डारी, मीनेन्द्र रिजाल र महेश आचार्यलाई मनोनीत गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको निर्वाचनमा महेश आचार्य मोरङ र चन्द्र भण्डारी गुल्मीबाट पराजित भएका थिए । मीनेन्द्र रिजालले मोरङबाट जितेका छन् । रिजाललाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने धेरै आधार छन् । आचार्य र भण्डारीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने आधार छैनन् ।

Published : Sunday, 2022 January 2, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया