माओवादीका कारण संसद बैठक स्थगित

काठमाडौं । माओवादी केन्द्रको आग्रहपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

संसदको आइतबार दिउँसो १ बजे बस्ने कार्यक्रम थियो । बैठक पुस २२ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधि सभाका महासचिव भरतराज गौतमले सूचना जारी गरेर बैठक स्थगित भएको जनाएका छन् । उनले विशेष कारणबश प्रतिनिधि सभाको बैठक स्थगित भएको उल्लेख गरेका छन् ।

प्रतिनिधि सभाको बैठक अब यही पुस २२ गते दिउँसो १ बजे बस्नेछ । एमालेले संसदको बैठक अबरोध गर्दै आएको छ ।

माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित भएको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन पुस ११ गतेदेखि काठमाडौंमा जारी छ ।

Published : Sunday, 2022 January 2, 11:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया