माओवादीका कारण संसद बैठक स्थगित
काठमाडौं । माओवादी केन्द्रको आग्रहपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
संसदको आइतबार दिउँसो १ बजे बस्ने कार्यक्रम थियो । बैठक पुस २२ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रतिनिधि सभाका महासचिव भरतराज गौतमले सूचना जारी गरेर बैठक स्थगित भएको जनाएका छन् । उनले विशेष कारणबश प्रतिनिधि सभाको बैठक स्थगित भएको उल्लेख गरेका छन् ।
प्रतिनिधि सभाको बैठक अब यही पुस २२ गते दिउँसो १ बजे बस्नेछ । एमालेले संसदको बैठक अबरोध गर्दै आएको छ ।
माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित भएको स्रोतले जनाएको छ ।
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन पुस ११ गतेदेखि काठमाडौंमा जारी छ ।
Published : Sunday, 2022 January 2, 11:02 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया