राप्ती गाउँपालिकामा एमाले–माओवादीका कार्यकर्ता कांग्रेसमा प्रवेश

मसुरिया । दाङको राप्ती गाउँपालिकामा एमाले, माओवादी केन्द्रसहित विभिन्न दलका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस राप्ती गाउँपालिका– २ को आयोजनामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा ४१ जना युवा कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई कांग्रेसका नेता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले पार्टीको सदस्यता प्रदान गरिएका थिए ।

नेपाली कांग्रेस राप्ती गाउँपालिकाको टोल कार्यसमिति पनि गठन भएको छ ।

कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ सभापति श्रीपद चौधरी, राप्ती गाउँपालिका सभापति विद्याशरण चौधरी, वडा नं. १ का वडाध्यक्ष ताराबहादुर डिसी, नेता दोर्ण भुसाल, नेपाल तरुण दल राप्ती गाउँपालिकाका अध्यक्ष आशिष पौडेल, गुलाम महोमद जागा मुसलमान लगायतको उपस्थिति रहेको थियो ।

वडा नं. २ का वडा सभापति युवराज भुसालको सभापतित्वमा भएको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।

Published : Saturday, 2022 January 1, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया