कुश्मामा एमाले छाडेर कांग्रेसमा प्रवेश, कम्युनिस्टलाई ८७ वर्षीय गिरीले नै लात हाने

कुश्मा । पर्वत जिल्लामा एमालेका नेता कार्यकर्ताले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कुश्मा नगरपालिका– ६ का ८७ वर्षीय लक्ष्मण गिरीसहित १२ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई नेपाली कांग्रेस कुश्मा नगरपालिकाका नगर सभापति किशोर भण्डारीले पार्टीको सदस्यता प्रदान गरेका छन् ।

सभापति भण्डारीले समाज रुपान्तरणका लागि कांग्रेसको आवश्यकता रहेको बताए । उनले कांग्रेस पार्टीलाई जिताउन सबै नेता कार्यकर्तासँग आग्रह गरेका छन् ।

उनले नवप्रवेशीहरूलाई यथोचित जिम्मेवारी दिइने बताएका छन् ।

कुश्मा नगरपालिका– ६ को वडा भेलाले टोल समिति पनि गठन गरेको छ । निराजन अधिकारीको नेतृत्वमा ११ सदस्य कार्यसमिति चयन भएको छ ।

वडा नम्बर ६ का सभापति मानसिंह भण्डारीको सभापतित्वमा भएको भेलामा विशिष्ट अतिथि वडा नम्बर ४ का सभापति दिनेश श्रेष्ठ, समाजसेवी बलबहादुर गुरुङ र धनराज गिरीको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2022 January 1, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया