शेरबहादुर र प्रकाशमानलाई गाली गर्नेहरू लोकतन्त्रवादी हुन सक्दैनन् : सभापति बानियाँ

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले जनतामा लोकप्रिय नेताले आगामी निर्वाचनमा टिकट पाउने बताएका छन् ।

नेपाली कांग्रेसको काठमाडौंको क्षेत्र नं. १ ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले जनतामा पपुलर नेताले आगामी चुनावमा टिकट पाउने बताए । उनले भने, ‘जनतामा पपुलर नेताले टिकट पाउँछ । सिनियर नेता होभन्दैमा टिकट दिनु हुँदैन । सिनियर नेतालाई फूलमालाले सम्मान गरौँला ।’

सभापति बानियाँले सभापति शेरबहादुर देउवापछि आफ्नो नेता प्रकाशमान सिंह रहेको बताएका छन् । सभापतिको निर्वाचनमा देउवालाई सिंहले दिएको साथप्रति आभार प्रकट गरेका छन् ।

‘प्रकाशमान सिंहले सुझवुझसहित धैर्यता देखाउनुभएको छ । विगतमा नेतृत्व परिवर्तनको कुरा आएको होला’, उनले भनेका छन् ।

‘शेरबहादुर देउवाले धैर्यता र पार्टीलाई मजबुत बनाउन खेलेको भूमिका र संविधान रक्षाका लागि गर्नुभएको कार्य निकै सह्रानीय छ’, बानियाँले भने, ‘फरक पार्टीलाई लिएर गएको शेरबहादुर देउवामा देखिएको संघर्षको इतिहाँस र प्रकाशमान सिहंले गरेको निर्णयले सभापतिमा शेरबहादुर देउवाले जित्दै गर्दाखेरी सामाजिक सञ्जालमा अनाधिकृत धेरै कुरा गर्नेहरू पनि छन् ।’

गगनकुमार थापासहितका केही नेताहरूप्रति लक्षित गर्दै सभापति बानियाँले नेताहरूको मानमर्दन हुने गरेर सामाजिक सञ्जालमा अभिव्यक्ति नदिन सुझाव दिएका छन् ।

‘कहिले यताको गुटमा जाने, केहिले के हुने ? जिल्लाको अधिवेशनमा प्रकाशमान सिंहसँग रहने । त्यसपछि अन्त जाने’, बानियाँले भने, ‘आफ्नो कुनै टुंगो नभएको । राजनीतिक कुनै लक्ष्य नभएको । अनि आफू चाहिँ दशतिर दौडिरहनेले आलोचना गरेको सुहाउँदैन ।’

‘जुन नेताले आज शेरबहादुर देउवालाई साथ दिनुभयो । साथ दिएकै कारण दोस्रो राउण्डमा जित्ने अवस्था रह्यो’, सभापति बानियाँले भने, ‘उहाँले दिएको साथ गलत रहेछ भने आज देशभरि रहेका कार्यकर्ताले शेरबहादुर देउवाको पक्षमा रहेको केन्द्रीय समिति दुईतिहाईभन्दा माथि आउँदा ती युवा नेताहरू के हेरेका छन् आज ?’

उनले भनेका छन, ‘शेरबहादुर देउवालाई साथ दिएको कुरा कार्यकर्ताले केन्द्रीय कार्यसमितिमा दुईतिहाई बहुमत दिएर प्रमाणित गरेका छन् । प्रकाशमान सिंहले सभापतिमा शेरबहादुर देउवालाई साथ दिएको कुरा पुष्टि भयो ।’

सभापति बानियाँले भनेका छन्, ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा आफू चाहिँ दशतिर चाहरेर हिँड्न मिल्ने ? एउटा नेतृत्वले जिम्मेवारी नपाउँदाको अवस्थामा गाली गर्ने ? शेरबहादुर देउवा र प्रकाशमान सिंहलाई गाली गर्ने लोकतन्त्रवादी हुनै सक्दैन ।’

‘आफूलाई मात्र केन्द्रविन्दु बनाएर राजनीति गर्ने, आफू मात्रै गणतन्त्रवादी र लोकतन्त्रवादी ठान्ने, आफू केन्द्रित राजनीति गर्नेको मात्रै कुरा हो’, उनले भने, ‘नेतालाई गाली गर्दा विचार गरेर गाली गर्नुपर्छ । नेताहरूलाई गाली गर्नु हुँदैन । नेताहरूकै कारण कांग्रेस रहेको छ ।’

सभापति बानियाँले भनेका छन्, ‘अब चुनाव आउँदैछ । रुख कसरी जिताउने ? चारतारे झण्डा कसरी फरफहराउने त्योमा ध्यान केन्द्रित हुनुपर्छ ।’

‘मेरो नेता पार्टी सभापति शेरबहादुर देउवा हो । शेरबहादुर देउवापछिको मेरो नेता प्रकाशमान सिंह हो’, बानियाँले भने, ‘म महाधिवेशनमा कुन समूहबाट उठे त्यो महाधिवेशनमै सक्कियो । कांग्रेसभित्र भाइचाराको सम्बन्ध, नेता र नीतिको सम्बन्ध हुनुपर्छ ।’

सभापति बानियाँले भनेका छन्, ‘कांग्रेसले कांग्रेस हराउन लागेन भने कांग्रेसले जित्छौँ ।’

Published : Saturday, 2022 January 1, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया