पार्टीभित्र र संसदमा सशक्त भूमिका खेलेको भन्दै देउवाद्वारा डा.संग्रौलाको प्रशंसा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका कारण नेपाली राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको बताएका छन् ।

शनिबार बालुवाटारमा कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाद्वारा लिखित नेपालीका सपना अधुरै नामक पुस्तक लोकार्पण समारोहमा देउवाले कांग्रेसले महिलालाई राज्यका महत्वपूर्ण पदमा उपस्थितिको ज्ञारेन्टी गरेको बताए ।

‘नेपालको राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको छ’, देउवाले भने, ‘हामीले राज्यका महत्वपूर्ण पदमा महिलाको उपस्थितिको ग्यारेन्टी गर्दै गएका छौँ ।’

प्रधानमन्त्री देउवाले भनेका छन्, ‘अहिले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुने व्यवस्थापन छ ।’

‘सभामुख र उप–सभामुखमध्ये पनि एक जना महिला अनिवार्य हुनुपर्ने संविधानमै व्यवस्था गरेका छौँ’, उनले भनेका छन् ।

प्रधानमन्त्री देउवाले कांग्रेसले संविधानको व्यवस्थाअनुसार महिला प्रतिनिधित्व सुनिश्चित गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘हाम्रो पार्टीमा ३३ प्रतिशत महिलालाई पार्टीको केन्द्रीय कार्यसमिती र तलका तहमा सुनिश्चिता भएको छ, अन्य समुदायको पनि पार्टी नेतृत्वमा प्रतिनिधित्व भएको छ ।’

‘नेपालमा कांग्रेसजस्तो समावेशी पार्टी अरु कुनै छैन’, सभापति देउवाले भनेका छन् । देउवाले पार्टीभित्र र सदनमा नेतृ डा.संग्रौलालाले सक्रिय भूमिका खेल्ने गरेको भन्दै प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री देउवाले महिलाको हक हितका लागि नेतृ संग्रौलाले भूमिको भन्दै प्रशंसा गरेका हुन् ।

Published : Saturday, 2022 January 1, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया