कांग्रेस नेता मोहन बस्नेत दाङ प्रस्थान, यस्ता छन् कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत दाङतर्फ प्रस्थान गरेका छन् ।

शनिबार नेता बस्नेत काठमाडौं–नेपालगञ्जको उडानबाट दाङतर्फ प्रस्थान गरेका हुन् । नेता बस्नेतलाई लिन दाङ कांग्रेसका युवाहरू नेपालगञ्ज आउनेछन् ।

तुलसीपुरमा जारी रहेको स्व.खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको समापनमा नेता बस्नेत सहभागी हुनेछन् । विजेता टिमलाई बस्नेतले पुरस्कार वितरण गर्ने कार्यक्रम छ ।

नेता बस्नेतले घोराहीमा बाढीपहिरोबाट मृत्यु भएका आफन्तलाई राहत वितरण गर्नेछन् ।

दाङमा रहँदा नेता बस्नेतले पार्टीका नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Published : Saturday, 2022 January 1, 12:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया