सीके राउतका कार्यकर्तालाई हजारौँ जनताले लखेटे, ठाउँ–ठाउँमा प्रतिकार, अब ढाड फुस्काइदिने

वीरगञ्ज । सीके राउत अध्यक्ष रहेको जनमत पार्टीले तराईका केही जिल्लामा आह्वान गरेको अनिश्चितकालीन बन्दको प्रतिकार भएको छ ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) कार्यकर्ताले बन्दको प्रतिकार गर्दै ठाउँ–ठाउँमा प्रदर्शन गरेका छन् । जसपाका हजारौँको संख्यामा सडकमा उत्रिएका जसपाका कार्यकर्ताले सीके राउत र जनमत पार्टीविरुद्ध नारावाजी लगाएका छन् ।

जसापका कार्यकर्ताले सर्वसाधारण जनतालाई दुःख दिन पाइँदैन भनेर नारावाजी लगाएका छन् ।

जनमत पार्टीले विभिन्न बहानमा विगत दुई हप्तादेखि प्रदेश नं. २ का जिल्लाहरूमा प्रदर्शन गर्ने, गाडीहरूमा आगो लगाउने, तोडफोड गर्ने, लुटपाट गर्ने, अनिश्चितकालीन बन्द भनेर आतंक मच्चाउने, घरेलु हातियारसहित सडकमा प्रदर्शन गर्ने जस्ता हर्कत गर्दै आएको छ ।

Published : Friday, 2021 December 31, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया