सुन्दरीजल पुगेर देउवाले वीपीलाई सम्झिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता अझै बलियो बनाइने बताएका छन् ।

शुक्रबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा वीपी कोइराला जेल बसेको स्थान सुन्दरीजल पुगेर देउवाले कांग्रेसकै नेतृत्वमा राष्ट्रिय एकता बलियो बनाउने बताएका हुन् ।

‘राष्ट्रिय एकताको आवश्यकता छ । राष्ट्रिय एकता अझै बलियो बनाउँछौं’, उनले भने, ‘कांग्रेसले नै यसको नेतृत्व लिनुपर्छ ।’

सभापति देउवाले नेपाल संघीय गणतन्त्रात्मक देश भएकोले सात प्रदेशबीच एकता पनि आवश्यक रहेको बताए ।

देउवाले मेलमिलाप नीतिको सान्दर्भिकता अझै रहेकोले यसलाई अगाडि बढाउनुपर्ने पनि बताएका छन् ।

सभापति एवम् प्रधानमन्त्री देउवाले सुन्दरीजलस्थित वीपी संग्राहलयमा वीपी कोइरालाको शालिकमा माल्यार्णपण गरेका थिए ।

Published : Friday, 2021 December 31, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया