इलाममा कम्युनिस्टका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश

इलाम । नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले एमालेसहित विभिन्न दलका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गराएका छन् ।

कांग्रेसको इलाम नगरपालिका–२ ले सुम्बेकमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रक्षिक्षण कार्यक्रममा विभिन्न दलका स्थानीय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नेहरू सबै युवाहरू छन् ।

नवप्रवेशीहरूलाई इलाम कांग्रेसका सभापति खड्काले कांग्रेसमा स्वागत गरेका हुन् । खड्काले नवप्रवेशीहरूलाई पार्टीमा क्षमताअनुसार जिम्मेवारी दिइने बताए ।

Published : Friday, 2021 December 31, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया