राप्रपा र साझा पार्टीबीच शीर्ष तहमा वार्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका शीर्ष नेतृत्वबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान राजधानीमा साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणाबीच भेट भएको हो ।

मिश्र, लिङ्देन र राणाबीच राजनीतिक कुराकानी भएको मिश्रले आफ्नो ट्वीटर एकाउन्टमा उल्लेख गरेका छन् ।

राप्रपा राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा छ । साझा पार्टीले राजसंस्थालाई बोकेको छैन ।

साझा पार्टी र राप्रपाभित्र आन्तरिक विवाद भइरहेका बेला दुबै दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा कार्यकर्ताहरूले लिएका छन् ।

Published : Friday, 2021 December 31, 12:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया