कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले स्व.बलबहादुर राईलाई स्मरण गरे

ओखलढुंगा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले गृहजिल्ला प्रवेशका क्रममा आफ्ना राजनीतिक गुरु स्व.बलबहादुर राईको शालिकमा माल्यार्णपण गरेका छन् ।

बिहीबार खतिवडाले ओखलढुंगा जिल्लामा रहेको स्व.राईको शालिकमा माल्यार्णपन गरेको उनका स्वकीय सचिव हुकुम राईले जानकारी दिए ।

खतिवडाले स्व.राईले देखाएको बाटोमा लागेका कारण आफूलाई राजनीतिक सफलताहरू प्राप्त हुँदै गएको बताएका छन् ।

कांग्रेसको केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित निर्वाचित भएका खतिवडा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलो पटक ओखलढुंगा आएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा शुक्रबार ओखलढुंगामा कांग्रेसले राखेको कार्यक्रममा भाग लिन केन्द्रीय सदस्य एवम् पूर्वसांसद खतिवडा ओखलढुंगा आएका छन् ।

स्व.राईको शालिकमा माल्यार्णपण गर्ने क्रममा पूर्व सभापति महेश कोर्मोचा, नेता अशोक कार्कीलगायतका नेताहरू उपस्थित रहेका थिए ।

शुक्रबार हुने विभिन्न कार्यक्रमहरूमा उनी सहभागी हुनेछन् ।

Published : Thursday, 2021 December 30, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया