कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले स्व.बलबहादुर राईलाई स्मरण गरे
ओखलढुंगा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले गृहजिल्ला प्रवेशका क्रममा आफ्ना राजनीतिक गुरु स्व.बलबहादुर राईको शालिकमा माल्यार्णपण गरेका छन् ।
बिहीबार खतिवडाले ओखलढुंगा जिल्लामा रहेको स्व.राईको शालिकमा माल्यार्णपन गरेको उनका स्वकीय सचिव हुकुम राईले जानकारी दिए ।
खतिवडाले स्व.राईले देखाएको बाटोमा लागेका कारण आफूलाई राजनीतिक सफलताहरू प्राप्त हुँदै गएको बताएका छन् ।
कांग्रेसको केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित निर्वाचित भएका खतिवडा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलो पटक ओखलढुंगा आएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा शुक्रबार ओखलढुंगामा कांग्रेसले राखेको कार्यक्रममा भाग लिन केन्द्रीय सदस्य एवम् पूर्वसांसद खतिवडा ओखलढुंगा आएका छन् ।
स्व.राईको शालिकमा माल्यार्णपण गर्ने क्रममा पूर्व सभापति महेश कोर्मोचा, नेता अशोक कार्कीलगायतका नेताहरू उपस्थित रहेका थिए ।
शुक्रबार हुने विभिन्न कार्यक्रमहरूमा उनी सहभागी हुनेछन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया